साइबर अपराध
साइबर अपराध भन्नाले कम्प्युटर, इन्टरनेट, नेटवर्क वा सफ्टवेयर प्रणालीविरुद्ध गरिने आपराधिक क्रियाकलाप हो । परम्परागत अपराध इन्टरनेटबाट भएमा पनि साइबर अपराध मानिन्छ ।
साइबर अपराधका केही उदाहरणहरू यस्ता छन्:
- ह्याकिङ: कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच वा नियन्त्रण प्राप्त गर्नु ।
- कम्प्युटर भाइरस: आफैं फैलिने प्रोग्राम जसले डाटा वा प्रणालीलाई क्षति पु¥याउँछ ।
- फिसिङ: जालसाजी गरी पासवर्ड, बैंक विवरण आदि जानकारी चोरी गर्नु । यसका लागि इमेल, लिङ्क वा अट्याचमेन्ट प्रयोग गरिन्छ ।
- डिजिटल चोरी: सफ्टवेयर, म्युजिक, भिडियो आदि सामग्रीको अनधिकृत कपी, वितरण वा उपभोग गर्नु ।
- अनलाइन ठगी: इन्टरनेट प्रयोग गरेर झूटो सूचना दिई ठगी गर्नु ।
- पहिचान चोरी: अरूको व्यक्तिगत जानकारी प्रयोग गरी नक्कली पहिचान बनाएर लाभ लिनु ।
- बाल यौन दुराचार/अश्लील सामग्री: बालबालिका पीडित हुने सामग्रीको उत्पादन, प्रसारण, वितरण वा भण्डारण गर्नु गम्भीर अपराध हो ।
- गैरकानुनी विषयका सामग्री: जातीय, धार्मिक घृणा फैलाउने, महिलामाथि अपमानजनक सामग्री इन्टरनेटमा प्रकाशन गर्नु गैरकानुनी हो ।