साइबर उत्पीडनबारे सावधानी

धेरैजसो अनलाइन आक्रमणहरू इन्टरनेटमा उपलब्ध व्यक्तिगत जानकारीको दुरुपयोग गरी गरिन्छ । त्यसैले अनलाइनमा सकेसम्म कम व्यक्तिगत जानकारी राख्नुपर्छ र त्यसलाई पनि सकेसम्म गोप्यता कायम हुने गरी राख्नुपर्छ । यसको समाधानका लागि एउटै उपाय छैन । तर, तल दिइएका केही सामान्य कुराहरू अवलम्बन गर्न सकिन्छ ।

इन्टरनेटमा तपाईँले राखेका जानकारी वा तस्बिर वा इन्टरनेटमा हुने च्याट अथवा तपाईं इन्टरनेटमा सक्रिय हुनुहुन्छ भने ममाथि साइबर उत्पीडन हुनसक्छ भनेर सतर्क रहनुहोस् । र, निम्न उपायहरू गर्नुहोस्:

  • आफ्ना सबै कुरा विशेषगरी व्यक्तिगत जानकारीहरू शेयर नगर्नुहोस् ।
  • गोपनीयता सेटिङहरू प्रयोग गर्नुहोस्, अवांछित सामग्री हटाउनुहोस् ।
  • आक्रमण भए के गर्न सकिन्छ भन्ने ज्ञान राख्नुहोस् ।
  • प्लेटफर्ममा रिपोर्ट गर्ने प्रक्रिया बुझ्नुहोस् ।
  • कहाँ र कसरी रिपोर्ट गर्ने (विद्यालय वा प्रहरी) भन्ने जानकारी राख्नुहोस् ।
  • साथीहरूसँग यो विषयमा छलफल गर्नुहोस् र कसैलाई उत्पीडन भयो भने यसो गरौँ भनेर सहमती बनाउनुहोस्