मिथ्या सूचना
मिथ्या सूचना भनेका भ्रामक वा गलत जानकारी हो ।
मिथ्या सूचना मूलतः झुटो वा गलत वा भ्रमपूर्ण वा अनर्थरूपमा घटना, अभिव्यक्ति, तथ्याङ्क र तर्क प्रयोग गरेर व्याख्या गरिएका सूचना वा जानकारी हुन् ।
मिथ्या सूचना रेडियो, टेलिभिजन वा पत्रपत्रिकाजस्ता आमसञ्चारका माध्यम अथवा इन्टरनेटमा आधारित सोसल मिडिया वा साइट वा एप वा गेम अथवा साथीभाइ वा अन्यसँगको गफगाफमा पनि प्रवाह हुनसक्छन् ।