मिथ्या सूचनाको प्रतिकार

मिथ्या सूचनाको पहिलो प्रयोगकर्ता व्यक्ति हुने र व्यक्तिगत स्तरमा प्रभाव पर्ने भएकाले व्यक्ति स्वंयले केही उपायहरू अपनाई मिथ्या सूचनाको फैलावट रोक्न सहयोग गर्न सक्छन्:

  • आलोचनात्मक हुनुपर्छ र पढिरहेको/सुनेकोे/देखिरहेको कुरा मिथ्या पनि हुन सक्छ भन्ने कुरामा सचेत रहनुपर्छ ।
  • विश्वसनीय वा नाम चलेका स्रोत वा साइटले सामग्रीका बारेमा केही छापेका छन् कि भनेर हेर्न गुगल गर्नुपर्छ ।
  • सामग्री वा त्यसमा भएका विषयवस्तु सत्य हो भनेर प्रमाणित नभएसम्म शेयर गर्ने वा त्यसमा आधारित भएर सार्वजनिक रुपमा विचार व्यक्त गर्नुहुँदैन ।
  • शंकास्पद सामग्रीमा लाइक, शेयर वा कमेन्ट गर्ने कार्य गर्नुहुन्न ।
  • रमाइलोकै लागि मात्रै भए पनि मिथ्या सूचना पोस्ट गर्न वा शेयर गर्नु हुँदैन ।
  • शंकास्पद सामग्री लागेमा प्लेटफर्म वा तथ्यजाँचकीलाई रिपोर्ट गर्न सकिन्छ ।
  • मिथ्या सूचना लेखियो वा त्यसमा आधारित विचार लेखियो भने थाहा पाउने बित्तिकै पारदर्शी तरिकाले सच्याउनुपर्छ ।