यौन आग्रह / दुर्व्यवहार

नग्न यौनका सम्बन्धमा कुराकानी, नग्न वा यौनका तस्बिरहरू पठाउने वा माग्ने, यौनिक विषयका जानकारीहरू माग्नेदेखि क्यामरामा यौन गतिविधि गर्न वा यौन सम्बन्धका लागि बाध्य पार्ने जस्ता कार्य इन्टरनेटमार्फत हुन सक्छन् । यी कार्य यौन दुर्व्यवहारअन्तर्गत पर्छन् ।

विशेषगरी गोप्य व्यक्तिगत जानकारी वा तस्बिरहरू फकाएर लिने र त्यसपछि ती सार्वजनिक गर्ने बहानामा यौन आग्रह र दुर्व्यवहार हुने गर्दछ । हालका दिनमा सेक्टिङ भनिने एसएमएसमार्फत गरिने यौनका कुराकानी, भाइबर, इमो वा फेसबुक मेसेन्जरमार्फत गरिने यौनका कुराकानी तथा स्काइप वा भाइबर प्रयोग गरिने भिडियो कुराकानी सामान्य र एकान्तबाट गर्न मिल्ने बनेको छ जसले गर्दा यौन आग्रह वा दुव्र्यवहार हुने संभावना बढेको छ ।