व्यक्तिगत गोप्यता
हामी इन्टरनेटमा आफ्नो, आफ्नो परिवार वा साथीभाइका बारेमा लेख्ने, तस्बिरहरू राख्ने र रुचि÷अरुचिका जानकारी राख्छौँ । कतिपय अवस्थामा हाम्रा सामग्रीको गलत प्रयोग पनि हुन सक्छ । इन्टरनेटमा विभिन्न स्थानका कुनै व्यक्तिका बारेमा भएका जानकारीलाई एकीकृत गर्दा सो व्यक्तिका बारेमा धेरै व्यक्तिगत कुरा थाहा पाउन सकिन्छ जसलाई प्रयोग गरेर उनीहरूमाथि साइबर उत्पीडन वा यौन दुव्र्यवहार हुन सक्छ । सामान्यतया गोप्य राख्नुपर्ने जानकारीहरू उनीहरूले अन्जानमै वा त्यसका असरहरूका बारेमा नबुझी सार्वजनिक गरिरहेका हुन सक्छौँ ।