अनुचित प्रयोग

अरू कसैको इन्टरनेट चलाउनु वा आफ्नो इन्टरनेट पासवर्ड बाँड्दा हुन सक्ने दुरुपयोग वा ह्याकिङ जस्ता कार्य वा इन्टरनेटबाट गरिने डाउनलोड वा आफूले राखेका सामग्री गैरकानुनी हुन सक्छ भन्ने जानकारी सामान्यतया प्रयोगकर्तालाई हुँदैन ।

कुनै गीत वा भिडियो इन्टरनेटमा राख्दा मात्रै होइन, त्यो गीतमा आफू नाचेको भिडियो राख्दा पनि प्रतिलिपि कानुनअनुसार अपराध हुन सक्छ भने इन्टरनेटमा भेटिएका गीत सङ्गीत वा भिडियो डाउनलोड गर्दा पनि अनुचित काम गरिरहेका हुन सक्छौँ । छिमेकीको घरको इन्टरनेट पासवर्ड पत्ता लगाउनु पनि अनुचित प्रयोग हो । यी कामबाट अनावश्यक हैरानी र तनाव झेल्नुपर्ने हुन सक्छ ।