इन्टरनेट कुलत

इन्टरनेटको ज्यादा प्रयोग पनि एक खालको मनोरोग हो । अमेरिकी मनोवैज्ञानिक संघले त इन्टरनेट प्रयोगको कुलत भएको मानिस रक्सी वा लागु पदार्थकै कुलत बराबरको मनोसामाजिक समस्याहरूमा पर्ने बताएको छ । इन्टरनेटको कुलतमा परेको मानिसले इन्टरनेटबाहेक अरू कुरामा नरमाउने, इन्टरनेट चलाउने कुरा छोड्नै नसक्ने, धेरै खुसी वा दुःखी हुँदा इन्टरनेटको सहारा लिने र इन्टरनेट चलाउन नपाउँदा बेचैन हुने जस्ता लक्षण देखाउँछन् । चिनियाँ वैज्ञानिकहरूले त इन्टरनेटको ज्यादा प्रयोगलाई मनोवैज्ञानिक समस्याका रूपमा मात्र नभई इन्टरनेटको कुलतले रक्सी र गाँजा वा कोकिन जस्ता लागु औषधको सेवनले जस्तै मस्तिष्कमा शारीरिक असर पार्ने दाबीसमेत गरेका छन् ।