साइबर उत्पीडनको प्रतिकार
- विश्वासिलो साथीसँग कुरा गरेर के गर्ने भनेर योजना बनाउनुहोस् ।
- कहिलेकाहीँ वास्तै नगर्नु पनि राम्रो हुन्छ ।
- ब्लक, म्युट र रिपोर्ट गर्नुहोस् ।
- प्रमाण सुरक्षित गर्नुहोस् – स्क्रिनसट लिनुहोस् ।
- केही समयको लागि अनलाइनबाट टाढा बस्नुहोस् ।
- अभिभावक, शिक्षक र प्रहरीमा रिपोर्ट गर्नुहोस् ।
- मानसिक स्वास्थ्यको ख्याल गर्नुहोस् ।
मानसिक स्वास्थ्यका ख्याल
अनलाइन उत्पीडनले मानसिक पीडा दिने भएकोले त्यो बेला आफ्नो मानसिक स्वास्थ्यको ख्याल गर्नु जरुरी छ । यत्ति त म सहन सक्छु वा के भन्नु लाजै हुन्छ भन्ने जस्ता सोच त्याग्नुहोस् ।
मनोवैज्ञानिकहरूले यस्तो समयमा के गर्ने भनेर दिएको सल्लाह:
- आफ्नो शरीरमा के भइरहेको छ भनेर बुझ्ने प्रयास गर्नुहोस् ।
- राती इन्टरनेटबाट टाढा रहेर पर्याप्त सुत्नुहोस् ।
- वातावरण परिवर्तन गर्नुहोस्, नयाँ ठाउँमा जान सकिन्छ ।
- परिवार वा साथीहरूसँग कुरा गर्नुहोस्, गाली खाइन्छ वा के भन्लान् भनेर नडराउनुहोस् ।
- केही समयका लागि इन्टरनेटबाट टाढा हुनुहोस्, कथा उपन्यास पढ्नुहोस्, टिभी हेर्नुहोस् ।
- आफूलाई माया गर्नुहोस् ।